Logo
५ असार २०८१, मंगलबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहलकोटमा पहिलोपटक बस, गाउँमा छायो खुशियाली

बेझाड : निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ ।

बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस पुगेको हो ।

गाउँमा बस लिएर पुगेका बस चालक र व्यवसायी समितिका पदाधिकारीलाई स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका छन् । साना जीप मोटरसाइकल गुड्ने यस गाउँमा बस पुगेपछि रमाइलो लागेको स्थानीयवासी प्रेम बाकाबलले बताए । निस्दी गाउँपालिकाको दुर्गम र विकटमा पर्ने यस गाउँमा बस पुगेपछि गाउँमा उत्पादित कृषिजन्य सामग्री बजार लैजान सजिलो पर्नेछ ।

फाट्टफुट्टमात्रामा चल्ने साना जीपमा क्षमताभन्दा बढी यात्रु र सरसामान बोक्नुपर्ने बाध्यता थियो । कच्ची सडकमा यसरी यात्रा गर्न निक्कै जोखिम थियो । स्थानीय तहले सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएपछि ग्रामीण भेगमा सवारी साधन पुग्न थालेका छन् ।

पहिलो प्राथमिकतामा राखेर स्थानीय तहले सडक निर्माणमा ठूलो रकम खर्च गरिरहेका छन् । अब भने जोखिमपूर्वक यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यातायात समितिले अब नियमितरुपमा बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्