Logo
८ बैशाख २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पले राखे हुवावेको उपनाम “धेरै खतरनाक”

वाशिङ्टन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनको व्यापार सम्झौतामा हुवावेको मामिलालाई पनि पार्न सकिने बताएका छन् । यद्यपि उनले सो चिनियाँ कम्पनीलाई ‘धेरै खतरनाक’ भन्ने उपमा दिएका छन् ।

पछिल्लो हप्ता अमेरिका र चीनको व्यापार युद्ध अझ चर्किँदै गएको छ र कर बृद्धि लगायतका अन्य धम्की एक आपसमा दिने क्रम जारी छ । वाशिङटनले हुवावेलाई व्यापारको कालोसूचीमा राखेको छ । अमेरिकाले हुवावेबाट राष्ट्रिय सुरक्षामा खतरा रहेको बताएको छ भने चीनले अमेरिकाले अनावश्यक रुपमा हुवावेलाई धम्क्याएको बताउँदै आएको छ ।

बिहीबार ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले हुवावे भनेको धेरै खतरनाक भएको बताउँदै सुरक्षा र सैनिक दृष्टिकोणबाट यो खतरनाक भएको उल्लेख गरे । दुई देशबीच सम्झौता भएको प्रसंगमा हुवावेको प्रसंग समेत त्यसमा पर्न सक्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्