Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीत हासिल गरेसंगै नरेन्द्र मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट ‘चौकीदार’ हटाए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट चौकीदार शब्द हटाएका छन्। चुनाव प्रचार प्रसारको समयदेखि आफ्नो ट्विटर ह्यान्डलमा उनीसहित सबै भाजपा नेताहरुले आफ्नो नामअगाडि चौकीदार शब्द राखेका थिए।

विपक्षी कांग्रेस उनको चौकीदार शब्दको धज्जी उडाउँदै आएको छ। बिजेपी नेतृत्वको गठबन्धनले ३४६ स्थानमा विजय हासिल गरिरहँदा कांग्रेस ९४ स्थानमा खुम्चिएको छ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्