Logo
५ जेष्ठ २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए नरेन्द्र मोदीलाई बधाई

संसारभरिबाट धमाधम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोस्रो कार्यकालका लागि बधाई प्राप्त भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि दोस्रोपटक भारतीय सत्ताको आरोहण गर्न लागेका मोदीलाई बधाई दिएका छन्।

उनले मोदीसँग शान्ति र विकासका लागि साझेदारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। नेपाल, श्रीलंका, चीन, जापान, इजरायल, जापानलगायत मुलुकहरुले प्रधानमन्त्री मोदीलाई अभूतपूर्व जितका लागि बधाई दिएका छन्।

नरेन्द्र मोदी नेतृत्वको बिजेपी गठबन्धन ३४२ स्थानमा विजयतर्फ उन्मुख छ।

भारतीय जनता पार्टीलाई प्रचन्डको बधाई

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले लोकसभा निर्वाचनमा भारी बहुमतले विजयी भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिएका छन्।

मतगणना सकिए लगत्तै प्रचन्डले सामाजिक सन्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका हुन्। प्रचन्डले शुभकामना दिएका छन्- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना।

भारतीय लोकसभा निर्वाचनको बिहीबार भइरहेको मतगणनामा मोदी नेतृत्वको बिजेपी गठबन्धनले ३४३ स्थानमा अग्रता लिएको छ। सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।

मोदी र अमित शाहले गरेर ट्विटरमा हर्षबढाइँ

त्यस्तै, आश्चर्यजनक परिणामका साथ अघि बढिरहेको बिजेपी गठबन्धनका प्रमुख तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिउँसो एक ट्विट गर्दै सबैको साथ, सबैको विकास र सबैको विश्वासले विजयी भारत बनेको प्रतिक्रिया दिएका छन्।

‘साथसाथै हामी हुर्कन्छौँ, साथसाथै हामी समृद्ध हुन्छौँ, साथसाथै हामी समावेशी र बलियो भारत निर्माण गर्छौँ, भारतले फेरि जितेको छ- विजयी भारत’, उनले ट्विटमा लेखेका छन्। उनी नेतृत्वको बिजेपी गठबन्धनले अहिलेसम्म ३४७ सिटमा अग्रता लिएको छ।

उता बिजेपीका अध्यक्ष अमित शाहले पनि विपक्षीद्वारा गरिएको झुट, दुष्प्रचार, व्यक्तिगत आक्षेप र आधारहीन राजनीतिबिरुद्ध भारतको जनादेश आएको प्रतिक्रिया दिएका छन्।

‘आजको जनादेशले भारतका जनताले जातिवाद, परिवारवाद र तुष्टिकरणलाई उखालेर फ्याँक्दै राष्ट्रवाद र विकासवादलाई चुनेको देखाएको छ,’ शाहको ट्विटमा छ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्