Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एजेण्डा केन्द्रित केहि मिडियाले नेपालमा चर्चित बनाएका कन्हैया ४ लाख बढी मतान्तरले पराजित

उम्मेदवारी दिएकै दिनदेखि नागरिक टाइम्सले प्रपेक्षण गरेको कन्हैया कुमार ४ लाख बढी मतान्तरले पराजित भएका छन् । नेपाली मिडियाले कन्हैयालाई निकै उचालेर लेखेका थिए भने नागरिक टाइम्सले उम्मेदवारी दिएकै दिनदेखि उनी निकै ठुलो मतान्तरका साथ पराजित हुने भन्दै आएको थियो ।

भारतमा मात्रै नभई यहाँका एजेण्डा केन्द्रित केहि मिडियाले उनलाई नेपालमा पनि चर्चित बनाएका बिहारको बेगुसरायमा मतगणना सम्पन्न भएको छ । बेगुसरायबाट बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह निर्वाचित भएका छन् । गिरिराज सिंह ६ लाख ६३ हजार सात सय ४८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी मानिएका विद्यार्थी नेता तथा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमारले दुई लाख ६३ हजार चार सय ५९ मत प्राप्त गरे । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसनले पनि यसै सिटबाट प्रतिस्पर्धामा थिए । कन्हैया तेस्रो स्थान हासिल गरेका हुन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी बीजेपी अगाडि देखिएको छ ।

मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन एनडीए ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ ।

कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन यूपीए १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

 

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्