Logo
१२ श्रावण २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन तीन दलको माग

बलेवा : राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् । केही समयअघि हस्ताक्षर संकलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् ।

बिहीबार विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए । नेपालको राष्ट्रियतामा आँच आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको राजमोका अध्यक्ष अमर थापाले बताए ।

अहिले ठूलो संख्यामा गैरनेपालीले अंगीकृत र वंशजका आधारमा नागरिकता लिएको उनीहरूको आरोप थियो । सीमावर्ती क्षेत्रमा त्यस्ता नागरिकता लिने बढी छन् ।

विसं २०६३ मा ल्याएको ऐनले भित्र्याएको राष्ट्रघातको विस्तारितस्वरुप विधेयकले बोकेको उनीहरुले आरोप लगाए। प्रजिअ लुकबहादुर क्षेत्रीले सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा जानकारी गराउने आश्वासन दिए।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्