Logo
१२ श्रावण २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘विप्लवले संवादमा आउनु पहिले गलत बाटो छाड्न सक्नुपर्छ’ : मन्त्री बाँसकोटा

काठमाडौं : सरकारले भोजपुरमा प्रहरीको गोलीबाट मंगलबार नेत्रविक्रम चन्द विप्लवका एकजना कार्यकर्ता मारिनुमा दु:खद मानेका छन् ।

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले यस्तो बताएका हुन् ।

प्रहरीको रिपोर्टलाई आधिकारिक मान्‍ने हो विप्लवका एकजना कार्यकर्ताले ज्यान गुमाएको खबर सरकारले पाएको छु, बाँसकोटाले भने, हामी यस्ता घटना नहुन् भन्‍ने चहान्छौँ । हिंसा आजको आवश्यकता होइन । सबै कुरा सम्वादबाट हल गर्न नै गणतान्त्रिक व्यवस्था चाहिएको हो । विप्लवका नक्कली या सक्कली जो कार्यकर्ता भए पनि यस्तो घटना हुन नहुने बाँसकोटाको भनाइ थि यो । उहाँहरु संवादमा आउनैपर्छु, बाँसकोटाले भने, तर हिंसाको बाटो नत्यागी वार्ता हुन सक्दैन । उहाँहरु संवादमा आउनुपर्छ, तर पहिले गलत बाटो छाड्न सक्नुपर्छ । मन्त्री बाँसकोटाले विप्लव समूहलाई वार्ताका लागि स्पष्टरुपमा कुरा राख्न पनि आग्रह गरे । उहाँहरुबाट स्पष्ट कुरा आउनुपर्छ, अब हिंसाको बाटो छाडौँ, उनले भने, यति हुन सकेमा बाँकी कुरा छलफलबाट मिल्छ र मिलाउन सकिन्छ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्