Logo
१७ बैशाख २०८१, सोमबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेतालाई मतगणनास्थलमै हृदयघात, अस्पतालमा मृत्यु

नयाँदिल्ली : यहाँको मध्यप्रदेश राज्यस्थित सिहोर जिल्ला कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरको मतगणनास्थलमै हृदयघातबाट निधन भएको छ ।

मतगणनास्थलमा बिहीबार बिहान १० बजेको समयमा उनलाई हृदयघात भएको थियो । त्यसलगत्तै ठाकुरलाई जिल्ला अस्पतालमा लगिएको थियो  । त्यहाँ उपचारका क्रममा उनको ज्यान गएको भारतीय समाचार अनलाइन दैनिक भाष्करले जनाएको छ ।

अध्यक्ष ठाकुरलाई हृदयघात भएपछि उनको अवस्था जटिल बनेको थियो । उनी मतगणनास्थलमै ढलेका थिए। स्वास्थ्य गम्भीर भएपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । जहाँ सिभिल सर्जन डा.  भरत आर्यले ठाकुरको निधन भएको पुष्टि गरे ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्