Logo
३१ बैशाख २०८१, सोमबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको मोदी भक्ती : ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर काम गर्न तत्पर छु’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले उत्साहजनक मतपरिणाम ल्याएपछि ओलीले मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’

ताजा अवस्थामा भारतपाले ३४२ सिटमा अग्रता बनाएको छ भने कँग्रेस ८६ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्