Logo
१२ श्रावण २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचथर हत्याकाण्ड : मृतक सबैको छुट्टाछुट्टै स्थानमा अन्त्येष्टि गरिने

पाँचथर : पाँचथरको आरूबोटेमा हत्या गरिएका ९ जनाको शवलाई छुट्टाछुट्टै ठाउँमा अन्त्येष्टि गरिने भएको छ । सोमबार राति खुकुरी प्रहारबाट सुतिरहेका बेला २ परिवारको गरी ७ जनाको हत्या भएको थियो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानदेखि पोष्टमार्टमपछि विहान ल्याई पुर्‍याएको शवमध्ये धनराज शेर्मासहित श्रीमती जस्मिता फियाक शेर्मा, छोरीहरु युहाना शेर्मा र मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको शवलाई सराङ्डाँडाको नसुवा खोलामा अन्त्येष्टि गरिने भएको छ । बमबहादुर फियाक, उनका श्रीमती पुर्सिमायाँ फियाक, कान्छी छोरी मनकुमारी फियाक र नातीनी आशिका खजुमको भने आरूबोटेको फाल्गुनन्द आधारभूत विद्यालय छेउको चिहानडाँडामा अन्त्येष्टि गरिने भएको हो ।

मिक्लाजुङ-३ का वडा सदस्य जगत राईले धनराज शेर्माका आफन्तले हत्या गरिएका शेर्मा परिवारका सदस्यहरूको शवलाई पुर्ख्यौली गाउँमा अन्त्येष्टि का लागि लाने भनेपछि शव पठाइएको बताए। फियाक परिवारसँगै नातिनी आशिकाको भने अन्त्येष्टि को तयारी भएको वडा सदस्य राईले बताए ।

हत्यामा संलग्नताको आशंका मृतक बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिममाथि गरिएको छ । प्रारम्भिक अनुसन्धान र प्राप्त केही सबुत प्रमाणका आधारमा प्रहरीले पनि उनले नै ९ जनाको हत्या गरेको निष्कर्ष निकालेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यद्यपि, उनी पनि मंगलबार बिहान मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर-८,दर्दिम्बाको हंसारिस्थित मालवासे जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनको पनि शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि अन्त्येष्टि का लागि बिहीबार बिहान आफन्तलाई बुझाइएको वडा सदस्य राईले बताए।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्