Logo
१२ श्रावण २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्वार्कोको आकाशे पुलबाट हामफालेर एक वृद्धले गरे आत्महत्या

काठमाडौं : कोटेश्वर-कलंकी सडक अन्तरगर्त ग्वार्कोस्थित आकाशेपुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार ताप्लेजुङको साविक हाङपाङ गाविस घर भइ हाल कोटेश्वर बस्दै आएका ६० वर्षीय कीर्तिमान राईले आकाशे पुलबाट हामफालेका हुन् ।

बिहानै कोठाबाट निस्किएका उनले ६ बजेर १० मिनेटमा हामफालेपछि ६ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिमानले पुलबाट हामफालेर आत्महत्या गरेपछि उनका आफन्तलाई बोलाएर पोस्टमार्टम अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

कीर्तिमानले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्