Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाकाबन्दीलाई अस्विकार गर्दै भारत भन्छ ‘सम्बन्धमा सुधार भएको छ, इतिहास होइन, वर्तमानमा बाँचौँ’

काठमाडौँ : नयाँ संविधान जारी भएपछि नेपाल-भारतबीचको सम्बन्धमा निकै उतारचढाव देखिएपनि भारतले तत्कालिन मधेश आन्दोलनका बेला लगाइएको नाकाबन्दीलाई कहिले पनि स्वीकार गरेको छैन । त्यसो त अहिलेसम्म पनि भारतले यी कुरालाई सम्झनै चाहँदैन । संविधान निर्माणमा गरेको हस्तक्षेप र नाकाबन्दीको विषयलाई भारतले स्वीकार गरेको छैन । बरु भारतले यी घटना इतिहास भइसकेको र त्यसलाई नसम्झन आग्रह गरेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपाल-भारतबीच अभूतपूर्व सम्बन्ध सुधार भएको कुरा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले पनि स्वीकार गरेकी छिन् । दिल्ली स्थित विदेश मन्त्रालयमा नेपाली पत्रकारहरूसँगको भेटमा उनले भनिन्, ‘यो डेढ वर्षमा नेपाल-भारतबीचको सम्बन्ध उचाइमा पुगेको छ, त्यो कुराको अनुभव तपाईंहरुले पनि गर्नुभएको होला ।’

अहिले नेपाल र भारतबीच सम्बन्ध सुधार भएको छ । पुराना कुरा उठाएर सम्बन्ध विगार्न नहुने बताउँदै उनले इतिहासका कुरा दाहोर्याएर कसैलाई फाइदा नहुने बताए । नाकाबन्दी र नोटबन्दीको विषयमा जिज्ञासा राख्दा उनले अहिले ती कुरामा नजाऊँ भनी प्रतिक्रिया दिए ।उनले अहिले सम्बन्धमा निकै सुधार भएको छ, रोकिएका काम धमाधम भइरहेका छन् ।

भारत सरकार नेपालप्रति अहिले निकै सकारात्मक भएको छ । त्यसैले पुराना कुरा छाडेर नयाँ कुराका लागि अगाडि बढ्नुपर्ने बताए । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपाल-भारतबीच अभूतपूर्व सम्बन्ध सुधार भएको कुरा भारतीय विदेश मन्त्री स्वराजको दावी रहेको छ । नेपाली पत्रकारहरूसँगको भेटमा उनले भनिन्, ‘यो डेढ वर्षमा नेपाल-भारतबीचको सम्बन्ध उचाइमा पुगेको छ, त्यो कुराको अनुभव तपाईंहरुले पनि गर्नुभएको होला ।’

बिभिन्न संचारमाध्यमका सम्पादक/प्रतिनिधि गरि जम्मा १५ जना नेपाली पत्रकारहरुको टोली भारत भ्रमणमा पुगेका हुन् । भारत स्थित विदेश मनत्रालयको निमान्त्रणा र नेपाल स्थित भारतीय राजदुतावासको समन्वायमा १५ जना नेपाली पत्रकारहरु भारत पुगेका हुन् । पत्रकारहरुको टोलीलाई भारतले निकै उच्च सम्माण दिएका छन् ।

विदेश सचिव विजय गोखलेले त डेढ वर्षको अवधिमा नेपाल-भारत बीचमा भएका कामको फेहरिस्त नै सुनाए । चेक प्वाइन्ट निर्माणदेखि लिएर रेलमार्ग, जलमार्ग, पेट्रोलियम पाइपलाइन लगायतका विषयमा उल्लेखनीय प्रगति भएको सुनाए । उनले भारतले आफ्नो तर्फबाट काम गर्न कुनै कसर बाँकी राखेको छैन । जहाँ ढिलो भएको छ, त्यहाँ नेपालकै तर्फबाट भएको सुनाए । ‘भारतले नेपालको सीमासम्म रेलमार्ग पुर्याएको छ, अब त्यसलाई कहाँ-कहाँ कसरी लग्ने हो, त्यो काम त नेपालको हो नि’ भन्दै सचिव गोखलेले जयनगर-कुर्था र जोगबनी-विराटनगरको रेलमार्ग तयारी अवस्थामा छ तर त्यो सुचारु भएको छैन । त्यसको दोषी भारत नहुने बताए ।

‘नाकाबन्दी मात्र होइन, अङ्ग्रेजले देश नै कब्जा गरेको थियो, के अब त्यसलाई नै हेरेर बसौँ त ?,’ दिल्ली स्थित मन्त्रालयमा भारतीय विदेश सचिव विजय गोखलेले नेपाली पत्रकारसँग कुरा गर्दै भने, ‘यदि हामीले पुरानो कुरालाई लिएर बसिरह्यौँ भने अहिले अङ्ग्रेजसँग कुनै सम्बन्ध बनाउन सक्दैन थियौँ । त्यही भएर धेरै ऐतिहासिक मुद्दामा जान हुँदैन । वर्तमानमा के छ, त्यसमा बारेमा कुरा हुनु आवश्यक छ ।’

उनी भन्छन्, ‘इतिहास हामी सबै पढ्छौँ तर इतिहासमा जिउँदैनौँ । विगतमा के भयो, त्यसमा नै हामी अल्झिरह्यौँ भने हामी अगाडि बढ्नै सक्दैनौँ ।’ ‘नाकाबन्दी मात्र होइन, अङ्ग्रेजले देश नै कब्जा गरेको थियो, के अब त्यसलाई नै हेरेर बसौँ त ?,’ उनले नेपाली पत्रकारसँग कुरा गर्दै भने, ‘यदि हामीले पुरानो कुरालाई लिएर बसिरह्यौँ भने अहिले अङ्ग्रेजसँग कुनै सम्बन्ध बनाउन सक्दैन थियौँ । त्यही भएर धेरै ऐतिहासिक मुद्दामा जान हुँदैन । वर्तमानमा के छ, त्यसमा बारेमा कुरा हुनु आवश्यक छ ।’

‘संविधान निर्माणको समयमा भारतका तत्कालीन विदेश सचिव नेपाल आएर संविधान निर्माण कार्यलाई नै रोक्ने प्रयास गरेको होइन ?’ भन्ने प्रश्नमा सचिव गोखलेले भने, ‘सञ्चारमाध्यममा आएको कुरामा नजानुस्, त्यतिबेला आएका समाचारका बारेमा थप अनुसन्धान गर्नूस्, सत्यतथ्य लेख्नूस्, अनि सबै कुरा आफै थाहा हुन्छ ।’ उनले संविधान निर्माणमा भारतले कुनै हस्तक्षेप नगरेको दाबी गरे ।

पशुपतिमा धर्मशाला निर्माण गरेर हस्तान्तरण भइसकेको छ तर हालसम्म त्यो प्रयोगमा आएको छैन । ‘त्यसको दोष भारतले लिन सक्दैन नि । पाइपलाइन निर्माणमा जग्गा अधिग्रहणको विवाद आएको छ । त्यसलाई सुल्झाउने काम नेपाल सरकारको हो । तर भारतले काममा ढिलाइ गर्यो भनी आरोप लगाउँछन्,’ गोखलेले दुःख व्यक्त गरे ।

हुलाकी सडक निर्माणका लागि भारतले पैसा मात्र दिने हो तर त्यो काम पनि चाँडो-चाँडो नहुँदा भारतमाथि दोष लगाउने गरेको गुनासो गरे ।भारतका तर्फबाट हुने कुनै पनि काममा ढिलाइ नभएको दाबी गर्दै गोखलेले पत्रकारहरुलाई फिल्डमा गएर रिपोर्टिङ गरी सत्यतथ्य कुरा बाहिर ल्याइदिन आग्रह गरे ।

यता, भारतमा थिङ्क ट्याङ्कका रूपमा काम गरिरहेका अवजरवर रिसर्च फाउन्डेसनका अनुसन्धानकर्ता युनी कृष्णमले नेपालमाथि नाकाबन्दी लगाउने भारतको नीति नभएको तर कहीँकतैबाट ‘मिस कम्युनिकेसन’ पक्कै भएको बताउँछन् । नेपालमाथि नाकाबन्दी गर्ने नीति नभए पनि भारतका तर्फबाट केही त्रुटि पक्कै भएको बताउँदै उनले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेकाले यी साना मसिना कुराको पछि लाग्न नहुने बताए ।

संविधान निर्माणका बेला मधेस एउटा महत्त्वपूर्ण विषय थियो । त्यसमा भारत गम्भीर थियो । त्यही कारणले केही त्रुटि भएको बताउँदै उनले नेपाल-भारतको सम्बन्धलाई कसैले बिगार्न नसकिने बताए । एउटा नाकाबन्दीको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध बिग्रिन्छ भन्ने आफूलाई नलागेको बताए ।

२०७२ सालमा भएको नाकाबन्दीका कारण नेपाल चीनको नजिक बन्न थालेको विश्लेषणहरु भइरहेका छन् । जसलाई भारतले निकै चासोपूृर्वक हेरेको छ । एउटा विषयलाई लिएर दुई देशबीच सम्बन्ध बिग्रेमा यो भारतका लागि ठूलो नोक्सानको विषय हुने भन्दै भारतले नेपालसँग सम्बन्ध सुधार गर्नतिर लागेको जानकारहरु बताउँछन् ।

त्यही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रान्जिट र ट्रान्सपोर्टका लागि चीनसँग सम्झौतापत्रमा हस्ताक्षर गरे । यसबाट नेपाल अब आपूर्ति व्यवस्थाका लागि भारतमाथि मात्र निर्भर रहने छैन भन्ने पुष्टि भयो । यद्यपि चीन नेपालका लागि मात्र होइन, भारतका लागि पनि महत्त्वपूर्ण परराष्ट्र नीतिभित्र पर्ने गरेको अनुसन्धानकर्ता युनी कृष्णमले बताए ।

चीन विश्वका लागि चुनौतीको विषय बनेको बताउँदै उनले चीनसँग भारतको राम्रो सम्बन्ध रहेपनि तर केही विषयहरुमा चाँहि आफूहरु सचेत रहेको उनले बताए । चीन र नेपालबीच बनिरहेको सम्बन्धमा भारतको कुनै चिन्ता नभएको बताउँदै उनले नेपाल–चीनबीच राम्रो सम्बन्ध भयो भने त्यसले भारतलाई नै राम्रो गर्ने भन्दै उनले नेपाल-भारतबीच रहेको खुला सीमाका कारण मात्र भारतले अलि बढी चासो लिएको बताए ।

पुराना कुरालाई मुद्दा नबनाउने पक्षमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य पनि देखिएका छन् । उनले पनि पुराना कुराहरु दाहोर्याएर केही फाइदा नहुने बताए । भारत भ्रमणमा गएका नेपाली पत्रकारसँग आफ्नो निवासमा कुरा गर्दै उनले बितेका कुरामा जोड नदिन आग्रह गरेका थिए ।

 

 

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्