Logo
१७ बैशाख २०८१, सोमबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय चुनावको परिणाम : सोनियाँ-राहुल निकै पछाडी, कन्हैया कुमार १ लाख भन्दा बढी मतले पछाडि

छिमेकी मुलुक भारत स्थित लोकसभा निर्वाचन २०१९ को मतगणना जारी रहेको छ । आज बिहीबार बिहानदेखि उक्त मतगणना सुरु भएको हो । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (BJP) सबैभन्दा अगाडि देखिएको छ ।

सुरुवाति मतगणनामा बीजेपी एकलैले बहुमत हासिल गर्ने रुझान देखिएको छ भने उस्को नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३३० भन्दा बढी सिटमा अगाडि रहेको छ ।

बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

वाराणसी क्षेत्रबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १ लाख मतले अगाडि रहेका छन् । वाराणसीमा समाजवादी पार्टी तथा बहुजन समाज पार्टी गठबन्धनकी उम्मेदवार शालिनी यादव दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा कांग्रेसका अजय राय रहेका छन् ।

सुरुवाति मतगणनाअनुसार दिल्लीका सातै सिटमा BJP अगाडि रहेको छ । पूर्वी दिल्लीमा बीजेपी उम्मेदवार पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर अगाडि रहेका छन् । उनलाई आम आदमी पार्टीकी उम्मेदवार आतिशीले पछ्याइरहेकी छिन् ।

सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीको अघि पछि रहेका छन् ।

राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५८ हजारभन्दा बढी मतले अग्रता बनाइरहेका छन् ।

त्यस्तै भारतमा मात्रै होइन नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह १ लाख भन्दा बढी मतले अगाडि रहेका छन् ।

बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमार गिरिराज सिंहसँग प्रतिस्पर्धामा रहेका छन् । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।

यो सुरुवाति मतपरिणाम भएकाले यसै हुन्छ भन्ने सकिने अवस्था चाहिँ छैन । थोरै मात्रै मत गनिएकाले मतपरिणाम कसको पक्षमा जान्छ भन्ने जान्नका लागि केही समय कुर्नुपर्ने अवस्था रहेको छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्