Logo
१२ श्रावण २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुतिरहेको समयमा घरमा आगो लाग्दा एकै परिवारका ३ जनाको जलेर मृत्यु

सांकेतिक तस्बिर

बैतडी :  बैतडीमा बुधबार राति लागेको आगोमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका-७ बसर्पाकमा दलित परिवारका ३ जना सदस्यको सुतिरहेको समयमा घरमा आगो लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा पुर्चौंडाी नगरपालिका-५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र ८ वर्षीया छोरा मनोज छन् ।

कुवाकोट घर भए पनि बसपार्कमा टहरा बनाएर बस्दै आएको लुहार परिवार बुधबार बेलुकाको खाना खाएर सुतेको थियो । बेलुकाको खाना पकाउन अगेनामा बालेको आगो ननिभाएका कारण सोही आगो सल्केर घरमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्