Logo
५ जेष्ठ २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रमादानपछि ३ इस्लामिक विद्वानलाई दिइने भयो मृत्युदण्ड

साउदी अरब :  साउदी अरबले रमादानको पवित्र महिनापछि ३ उदार इस्लामिक विद्वानहरुलाई मृत्युदण्ड दिने तयारी शुरु गरेको छ । साउदी अरबले रमादानको पवित्र महिनापछि ३ उदार इस्लामिक विद्वानहरु शेख सलमान अल ओदाह, अवद अल कर्नी र अली अल ओमरीलाई मृत्युदण्ड दिन लागेको समाचार सार्वजनिक भएको हो ।

यसअघि टर्कीको इस्तानबुल शहरमा रहेको साउदी वाणिज्यदूतावासभित्रै पत्रकार जमाल खशोग्जीको हत्या भएपछि विश्वभर साउदी सत्ताको निन्दा भइरहेका बेला अरु ३ सुन्नी इस्लामिक विद्वानलाई मृत्युदण्ड दिन लागेको मध्यपूर्वका समाचार पोर्टल मिडिल इष्ट आईले जनाएको छ ।

वर्ष २०१९ को पहिलो ५ महिनाको अवधीमा साउदी अरबले १ सयजनाभन्दा धेरैलाई मृत्युदण्ड दिइसकेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्