Logo
११ श्रावण २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ

काठमाण्डौं : कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

पसलको सटरको ताल्चा फोड्दै गरेका भारत मोतीहारी घोडा सहनी घर भई हाल काठमाडौँ कागेश्‍वरी मनोहरामा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्