Logo
८ असार २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई छक्याएर हस्पिटलबाटै फरार भए १६ वर्षे अभियुक्त

काठमाडौं : महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले नियन्त्रणमा लिएको १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका छन् ।

बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि प्रहरी समक्ष बुझाइएका किशोर प्रहरीलाई छक्याएर फरार भएका हुन् ।

वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले श्रेष्ठ वीर हस्पिटलबाट किशोर फरार भएको पुष्टि गरे । उनले भने, ‘मेडिकल जाँच गर्न जाँदा हस्पिटलबाटै फरार भएको कुरा आएको छ । हामी खोजीमा जुटेका छौं ।’

प्रहरीका अनुसार उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप पनि भएको छैन । कानुनतः नाबालिकाको हकमा सहमतिमै शारीरिक सम्पर्क भए पनि जबरजस्तीकरणी मानिन्छ ।

म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । यो घटनामा पनि पीडित नाबालिका छिन् । परिवारले उनीहरुलाई एक होटलमा भेट्टाएपछि प्रहरीको जिम्मा लगाएका थिए ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्