Logo
६ जेष्ठ २०८१, आईतबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वीनवलपरासीमा हावाहुरीको बितण्डा, दर्जनौं घरमा क्षति

नवलपरासी : पूर्वीनवलपरासीमा गएराति असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ ।

हुरीको बढी असर देवचुली नगरपालिकामा परेको छ । देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको जानकारी दिइन् । उनका अनुसार नगरपालिकाका कतिपय घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।

हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ ।

हुरीको असर देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं। ७ मा देखिएको छ । हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ ।

दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएको छ ।

   #सांकेतिक तस्विर

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्