Logo
१६ बैशाख २०८१, आईतबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको अरुणाचलमा १ सांसदसहित ११ जनाको गोली हानी हत्या

गोली हानी मारिएका सांसद तिरोंगा अबो, तस्वीर : पीटीआई

नयाँ दिल्ली :  भारतीय राज्य अरुणाचलमा एक सांसद, उनका छोरा र २ सुरक्षाकर्मीसहित ११ जनाको गोली हानी हत्या गरिएको छ ।

अरुणाचल प्रदेशको तिरप जिल्लाअन्तर्गत बोगपानी इलाकामा नेशनल पिपुल्स पार्टी (एनपीपी)का सांसद (विधानसभा सदस्य) तिरोंगा अबोसहित ११ जनाको गोली हानी हत्या गरिएको हो । अबो अरुणाञ्ल प्रदेशको खोंसा-पश्चिमको विधानसभा क्षेत्रबाट सांसद थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अबो असमबाट आफ्नो विधानसभा क्षेत्रमा खोंसा पश्चिम फर्किरहेका थिए । विहान करिब ११ बजेतिर तिरप जिल्लाको बोगपानी नजिक पुग्दा उनको गाडीमाथि आक्रमण भएको जनाइएको छ । गाडीमा सांसद अबोसहित उनका छोरा र २ प्रहरी थिए । उक्त हमलामा ११ जनाको ज्यान गएको जनाइएको छ ।

उक्त हमलामा नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएसपीएन)का आक्रमणकारी संलग्न रहेका त्यहाँको प्रहरीको भनाइ छ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्