Logo
१२ श्रावण २०८१, शनिबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिल अम्बानीद्वारा कांग्रेसविरुद्ध दर्ता गरेको मुद्दा फिर्ता

अनिल अम्बानीको रिलायन्स समूहले कांग्रेस नेता र नेशनल हेराल्डमाथि गरिएको पाँच हजार करोड भारुको मानहानीको मुद्दा फिर्ता लिएको छ ।

रिलायन्स समूहले मानहानीको यो मुद्दा राफेल लडाकू विमान सम्झौता मामलामा बयान दिएको र एक लेख छापेकोमा दर्ता गरेका थिए । रिलायन्स समूहका वकिल रासेस पारिखले भने, ‘हामीले बचाउ पक्षलाई उनीहरुविरुद्ध दर्ता गरिएको मानहानीको मुद्दा फिर्ता लिएकोबारे जानकारी दिइसकेका छौं । ’

स्मरण रहोस्, मानहानीको यो मामलाको सुनुवाई अहमदाबादको सिभिल र सेशन जज पीजे टमकुवालाको अदालतमा चलिरहेको छ । रिलायन्स डिफेन्स, रिलायन्स इन्फ्रास्ट्रक्चर र रिलायन्स एयरोस्ट्रक्चर कम्पनी रिलायन्स समूहअन्तरगत आउँछ ।

यी तीनै कम्पनीले कांग्रेस नेता सुनिल जाखड, रणदीप सिंह सुरजेवाला, ओमान चान्डी, अशोक चौहान, अभिषेक मनु सिंघवी, संजय निरुपम र शक्तिसिंह गोहिल, केही पत्रकार र कांग्रेस पार्टीसँग सम्बन्धित पत्रिका नेशनल हेराल्डविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका थिए ।

स्मरण रहोस्, रिलायन्सको कम्पनीले नेशनल हेराल्डविरुद्ध दुईवटा मुद्दा दर्ता गरेको थियो । पहिलो मुद्दा नेशनल हेराल्ड पत्रिकाको प्रकाशक असोसिएटेड जर्नल्स लिमिटेड, एडिटर–इन–चिफ जफर आगा र पत्रकार विश्व दीपकविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

यस्तो दोस्रो मामला असोसिएटेड जर्नल्स लिमिटेड, जफर आगा र पत्रकार भाषा सिंहविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्