Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कन्टेनरको डिब्बामा ७ किलो सुन लुकाएर ल्याउने घले विरुद्ध अदालतमा मुद्दा

काठमाडौं : कन्टेनरको डिब्बामा ७ केजी सुन लुकाएर ल्याउने शेर ग्याल्बो घले विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

रसुवागढीबाट स्याफ्रुतर्फ आउँदै गरेको ना.६ ख ९०६८ नम्बरको कन्टेनर डिब्बामा विना बिलबिजक ल्याएको सुन प्रहरीले बरामद गरेको थियो । प्रहरीले राजस्व अनुसन्धान विभागमा अनुसन्धानका लागि घलेलाई पठाएको थियो । विभागको अनुसन्धानबाट ३ करोड ५५ लाख ८८ हजार रुपैयाँ सुनको बुझाउनु पर्ने राजस्व नबुझाएको देखिएको छ ।

यस्तै सुन खरिद गर्न ३ करोड ५५ लाख ८८ हजार रुपैयाँ विदेशी मुद्रा अपचलन गरेको भेटिएको हो । विभागका अनुसार ७ करोड ११ लाख ७६ हजार बिगो कायम गरी रसुवा जिल अदालतमा मुद्दा दायर गरिएको छ ।

घले रसुवा जिल्ला साविकको यार्सा गाविस वडा नं। ६ र हालको नौकुण गाउँपालिका वडा नं. १ निवासी ३० वर्षिय युवा हुन् । उनलाई राजस्व चुहावट र विदेशी मुद्रा अपचलनमा ३ वर्ष कैद सजाय हुनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्