Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! धेरै फ्रुट जुस नपिउनुहोस्, जानसक्छ अल्पायुमै ज्यान

काठमाडौँ :  हामी सोच्छौँ, नियमित फलफूलको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । कतिपय डाक्टरसमेत फलफूलको फ्रेस जुस जतिसक्दो पिउन सल्लाह दिन्छन्

। तर, हालैको एक अध्ययनले फलफूलको जुस अधिक पिउनु हानिकारक मात्र होइन, प्राणघातक नै हुनसक्ने देखाएको छ । अध्ययनका अनुसार फलफूलको जुस सोडा, कोला या लेमेनेडभन्दा पनि खतरनाक हुन्छ । फलफूलको जुसको अधिक सेवन समयभन्दा पहिले मृत्युको कारक बन्न सक्छ ।

अमेरिकी अनुसन्धानकर्ताहरुले गरेको पछिल्लो अध्ययनले शतप्रतिशत फलफूलको जुसलाई कोला वा लेमेनेडजस्ता गुलिया पेय पदार्थसँग तुलना गरेको छ । अध्ययनले पहिलोपटक फलफूलको जुस र चिनीयुक्त यी पेय पदार्थबीच काफी समानता पाएको छ, र यी दुवैको सेवनबाट समयभन्दा पहिले मृत्युको खतरा बढ्ने देखाएको छ । यद्यपि, अनुसन्धानकर्ताहरुले यसबारे थप रिसर्च हुनुपर्ने पनि बताएका छन् ।

विज्ञहरुले यो अध्ययनलाई ज्यादै महत्वपूर्ण मानेका छन् । यसका बाबजुद, दिनमा १५० मिलिलिटरसम्म जुस पिउँदा कुनै खतरा नहुने उनीहरु बताउँछन् । अत्यधिक फ्रुट जुसको सेवनले भने अल्पायुमा मृत्यु हुने खतरा २४ प्रतिशत बढाउँछ, जबकि चिनी-सोडायुक्त पेय पदार्थको ज्यादा सेवनले यो खतरा ११ प्रतिशत बढाउँछ । यसको अर्थ, अधिक फलफूलको जुस सेवन सोडायुक्त पेय पदार्थको सेवनभन्दा पनि हानिकारक छ ।

त्यसैले, विज्ञहरु जुस बनाउनुको साटो फलफूल नै खान सल्लाह दिन्छन् । फलफूलमा फाइबरलगायत पदार्थले न्युट्रिसनको मात्रा सन्तुलित गर्छन् । पाचनलाई व्यवस्थित गर्छन् । तर, जुसमा यी पदार्थ हटाइन्छन्, र चिनीजन्य पदार्थको मात्रा ज्यादा रहन्छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्