Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला

खलङ्गा  : डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो ।

जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो । खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । मृतक यार्सागुम्बा सङ्कलक भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्