Logo
११ श्रावण २०८१, शुक्रबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानसँग सांसद अमनलालको विवाद, काम गर्न नदिएको लगाए आरोप

काठमाडौं : सांसद तथा नेकपाका नेता अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिच संसदीय समितिमा सवाल जवाफ भएको छ ।  सांसद मोदीले नीतिगत भ्रष्टाचार प्राधिकरण नेतृत्वबाट भएको आरोप र घिसिङले काम गर्न नदिएको आरोप लगाएका थिए ।

मनपरी बोल्न मोदीले चेतावनी दिएपछि घिसिङले सोही जवाफ फर्काउँदै भ्रष्टाचार प्रमाणित भए झुन्डिन तयार भएको बताएका थिए । ट्रङ्क र डेडिकेटेड लाइनका विषयमा पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले गरेको वालिङका सवालमा छलफल गर्नको लागि ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वलाई लेखासमितिले बोलाएको हो । तत्कालीन मन्त्री र सबैको प्रयासको कारण लोडसेडिङ अन्त्य भयो, त्यसको पुरै जस कुलमान घिसिङ जिले मात्रै लिन खोज्नु भयो छलफलको क्रममा आफ्नो मत राख्दै सांसद मोदीले भने, लोडसेडिङ अन्त्यका नाममा प्राधिकरण नेतृत्वबाट गम्भीर नीतिगत अनियमितता भएको छ ।

एक वर्ष भन्दा पहिलेको मिटर बक्सको जडान गर्न नमिल्ने अवस्थामा दुईरतीन वर्षपछि गणना गर्ने नाममा प्राधिकरणले अनियमितता गर्न खोजेको आरोप मोदीले लगाएका थिए । विगतमा विलीङ नगर्ने र अहिले गर्ने कार्य गर्नमा पनि सच्चा मन नभएको उनको आरोप थियो । त्यति मात्रै होइन मोदीले विभिन्न आयोजनामा क्षमताअनुसारको उत्पादन नगरेर पनि प्राधिकरणले अनियमितता गरेको भन्दै लेखा समितिबाट उपसमिति गठन गरेर छानबिन गरी अख्तियारको जिम्मा लगाउनु पर्ने बताए ।

उनले माथिल्लो त्रिसुलीको अनुगमनको क्रममा नुवाकोटमा पुगेर स्थानीयलाई कुलमान थुन्दिन्छु भनेर दम्भ देखाएको आरोप लगाए । मोदीले यति भनेपछि घिसिङले तीनरतीन महिनामा डाउनलोड गरेको टिओडि मिटर हरेर मात्रै ट्रङ्क र डेडिकेटड लाइनको महसुल निर्धारण गर्ने भनिएको प्रष्टोक्ति दिएका थिए । मोदीले राखेको अन्य मतमा घिसिङ विषय मतान्तर गर्दै आरोप लगाएको विषयमा सत्यता नभएको भन्दै मोरङको कटहरी प्रशारणलाइन निर्माणको क्रममा सांसदले काम गर्न नदिएको आरोप लगाए ।

समयमै काम गर्ने सवालमा सांसदहरूले पनि प्राधिकरणलाई सहयोग गर्नु पर्छ जस्तो लाग्छ, पूर्वको कटहरी प्रशशारणलाई निर्माणको क्रममा त्यहाँका सांसदहरूसँग मेरो गम्भीर असहमति भयो, समयमै काम पूरा हुन सकेको छैन, त्यसको जवाफ पनि दिन पर्छ होला, अहिले पनि काम पूरा भएको छैन घिसिङले यति भनेपछि मोदीले टेबल ठोकेर बिचमै रोकेका थिए सांसदको मर्यादामा माथि धावा बोलिएको छ, काम गर्न नदिएको प्रमाणित गरेर देखाउनु पर्छु बिचमै मोदीले भने ।

त्यसपछि कुलमान थप कड्किए ुभ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउनु पर्छ, प्रमाणित भए झण्डिएर मर्न तयार छुु, घिसिङले आक्रोशित मुद्रामा भने । आक्रोश बढेपछि लेखा समिति सभापति भरतकुमार शाहाले संयमित भएर बोल्न अनुरोध गरे।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्