Logo
११ बैशाख २०८१, मंगलबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीलाई ट्विन्कल खन्नाको छड्के

मुम्बई :  बलिउड अभिनेत्री ट्विन्कल खन्ना प्रायजसो प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा खुलेर आफ्नो विचार राख्ने गर्छिन् । यसपटक पनि ट्विन्कलले यस्तै गरेकी छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर ह्यान्डलमा ध्यान मुद्राको फोटो सेयर गरेका थिए । जसमा उनले आफू केदारनाथ यात्रामा जाँदा २ दिन ध्यान गरेको पनि उल्लेख गरेका थिए । खन्नाले यसैलाई निशाना बनाउँदै आफ्नो तस्बिर सेयर गरेकी हुन् ।

ट्विन्कलले आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छन् ‘पछिल्ला केही दिनदेखि आध्यात्मिक इमेजेज देख्न थालेपछि अब मैले पनि मेडिटेशन फोटोग्राफी-पोजेज र एङ्गल्स’ माथि वर्कशप सुरु गर्न गइरहेकी छु । विडिंग फोटोग्राफीपछि अब यो अर्को ठूलो चीज हुन गइरहेको छ ।’

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्