Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचथर हत्या काण्ड : सीआईबी र प्रदेश प्रहरी टोली घटनास्थलतर्फ, स्थानीय त्रसित

काठमाडौं : मुकुन्डोधारी अज्ञात समूहद्वारा पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएपछि स्थानीयहरु डरले त्रसित भएका छन् ।

उक्त समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेका हुन् । अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

यता घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ ।

यस्तै सीआईबीको एसपी उमाप्रसाद चर्तुदेवीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली अनुसन्धानको लागि घटनास्थल प्रस्थान गरेको छ ।

हाल पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्