Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न निःशुल्क एम्बुलेन्स सेवा

लमही : दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ ।

जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताउनुभयो । “अझै पनि घरमै बच्चा जन्माउने चलन रहेकाले यसलाई न्यूनीकरण गर्न हामीले सुत्केरीलाई ल्याउन घरसम्मै एम्बुलेन्स पु¥याउने व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।

अध्यक्ष केसीका अनुसार स्थानीय स्वास्थ्य चौकीमा सेवा लिन आउने र जानेका साथै बाहिर जिल्लासम्म लैजानका लागि पनि एम्बुलेन्स निःशुल्क गरिएको उहाँको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने भएकाले यस्तो कार्य शुरु गरिएको उहाँको भनाइ थियो । उक्त गाउँपालिका मातृशिशु मृत्युदर उच्च रहेको क्षेत्र हो । सो गाउँपालिकामा रहेका दुईवटा स्वास्थ्य संस्थामा यस वर्ष २२६ ले बच्चा जन्माएकामा ४९ एम्बुलेन्समार्फत सुविधासम्पन्न अस्पतालमा पठाइएको  थियो ।

राजपुर स्वास्थ्य चौकीमा अहिले सम्म १३३ र बे ला स्वास्थ्य चौकीमा ९३ जनाले  बच्चा जन्माएका थिए । गाउँपालिकाले  एम्बुले न्स सेवा निःशुल्क गरे  पनि यो  सेवा उपभोग गर्नबाट विकट बस्तीका नागरिक भने  अझै बञ्चित छन् । मैले पनि सिटामोलका  लागि पनि तीन घण्टा पैदल हिँडेर सामुदायिक स्वास्थ्य एकाइ जानुपर्ने अवस्था रहेको स्थानीयवासीले गुनासो गरे ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्