Logo
७ बैशाख २०८१, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसपटक पनि मेस्सीले उचाले पिचिची ट्रफी, बने सर्वाधिक गोलकर्ता

स्पेनिस ला लिगाअन्तर्गत पिचिची अवार्ड (ट्रफी) सर्वाधिक गोलकर्ता लियोनल मेस्सीले जितेका छन् । लिगको अन्तिम खेलमा आइतबार राति २ गोल गरेका मेस्सीले यो सिजन सर्वाधिक ३६ गोल गरे । अन्य लिगमा समेत गरेर यो सिजन मेस्सीले बार्सिलोनाका लागि ५० गोल गरेका छन् ।

यो मेस्सीको छौटौँ पिचिची अवार्ड हो । यसपटक उनले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका करिम बेन्जिमालाई पछि पार्दै सर्वाधिक गोलकर्तालाई दिइने यो अवार्ड हात पारेका हुन् । ३६ गोल गर्दा मेस्सीले १३ गोलमा एसिस्ट गरे ।

सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानका स्वारेजले २१ गोल गरे । तेस्रो स्थानका बेन्जिमाको पनि २१ गोल नै छ । चौथो स्थानका लगो आसपासले २० गोल गरेका छन् ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्