Logo
१२ श्रावण २०८१, शनिबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इराकमा अमेरिकी दूतावास नजिक बिस्फोट

बग्दाद :  इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ । स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै क्षति भएको छैन ।

इराकी अधिकारीहरुले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी दूतावास नजिकै ठूलो बिस्फोटको आवाज आएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । संयुक्तराज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको केही दिनभित्रै उक्त बिस्फोटको आवाज आएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई इराक भ्रमण नगर्न अनुरोध गरेको छ । अमेरिकाले इराक समेत समग्र मध्यपूर्वमा आतङ्कवाद, अपहरण र सशस्त्र द्वन्द्वको अवस्था रहेको भन्दै अमेरिकी नागरिकलाई यस क्षेत्रको भ्रमण गर्दा सावधानी अपनाउन भनेको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्