Logo
१२ श्रावण २०८१, शनिबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ उपत्यकाबाट साना सवारी हटाइने

काठमाडौँ : उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो ।

ट्राफिक प्रहरीले एक वर्षभित्र यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा यस्ता सवारी हटाउन खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्