Logo
११ बैशाख २०८१, मंगलबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी विरुद्ध कांग्रेसका सांसद प्रदीप भट्टाचार्यले दिए उजुरी

अनैतिक र आचारसंहिता विपरित भन्दै चुनाव आयोगमा उजुरी परेको छ । मौन अवधिमा आफ्नो भ्रमणबारे व्यापक मिडिया कभरेज गराएर मोदीले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै विपक्षी कांग्रेस आइका सांसद प्रदीप भट्टाचार्यले उजुरी दिएका हुन् ।

उजुरीमा उनले तत्काल मिडिया कभरेज बन्द गराउन आयोगसमक्ष माग गरिएको छ। ध्यान गर्ने भन्दै शनिबार केदारनाथ पुगेका मोदी मिडियामा छाएपछि विपक्षी दल आक्रोशित भएको हो । प्रत्यक्ष(परोक्ष जसरी होस्। मोदी मतदातालाई प्रभावित पार्न चाहन्छन्, भट्टाचार्यले उजुरीमा भनेका छन्,यो अनैतिक कार्य हो ।

केदारनाथको गुफामा ध्यानमा बस्ने बित्तिकै मोदीको फोटो र भिडियो मिडियामा छाउन थालेको थियो । उनले आइतबार सबेरै बद्रिनाथ प्रस्थान गर्नु अघि मिडियासँग कुराकानी पनि गरेका थिए । भिडियोको पार्श्वमा उनका समर्थकहरुले ुमोदी मोदीु भन्दै नारा लगाएको सुन्न सकिन्छ । यो निजी भ्रमण हो भने किन मिडियाभरि छाइरहेका छन् । यो मतदाता प्रभावित पार्नको लागि मात्र त होइन?  सांसद भट्टाचार्यले भारतीय निर्वाचन आयोगसँग प्रश्न सोधेका छन् ।

आयोगले आचारसंहिता नभुल्न सचेत गराउँदै मोदीलाई उत्तराखण्ड भ्रमणको अनुमति दिएको थियो । तृणमूल कांग्रेसले पनि हिन्दु जनमत आकर्षित गर्न मोदीले नाटक गरेको आरोप लगाउँदै उजुरी दिएको छ। मौन अवधिमा केदारनाथ विकासको गुरुयोजना घोषणा गरे? मोदीले आचासंहिता नाघेको तृणमूलको भनाई छ । मोदी यसअघि पनि अभिनेता अक्षय कुमारसँगको अन्तर्वार्ताका कारण विवादमा तानिएका थिए।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्