Logo
१२ श्रावण २०८१, शनिबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ड्युटीमा रहेका एक सैनिक जवानको मृत्यु

पर्सा : नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत वर्षीय २८ देवीराम जैसीको रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनी ड्यूटीमा रहेका बेला शनिबार राति करिब २ बजे बेहोस भएका थिए । उनको उपचारको क्रममा वीरगन्जको नारायणी अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।

मृतक जैसीको कैलालीको सुखडका हुन् । उनको शव वीरगन्जको नारायणी अस्पतालको राखिएको छ । मृतकका आफन्त अहिले वीरगन्ज पुगेपछ पोष्टमार्टम हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्