Logo
१० बैशाख २०८१, सोमबार
(May 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारले भेट्यो डीएसपी अधिकारीको नक्कली प्रमाणपत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै मुद्दा दायर गरेको छ । डीएसपी अधिकारीको प्रमाणपत्र शंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइ।कम) तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको पाइएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

अधिकारीले नियुक्ति पाउने उद्देश्यले सोही झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिएको अख्तियारले जनाएको छ ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको डीएसपी अधिकारीले कसुर गरेको देखिन आएको प्रवक्ता कोइरालो बताए ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्