Logo
११ श्रावण २०८१, शुक्रबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मदन भण्डारीको विचारलाई दोहोर्‍याउने भन्दा पनि विकसित गरेर अगाडि बढ्नुपर्छ’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीका विचारलाई दोहोर्‍याउने भन्दा पनि विकसित गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।

२६ औँ मदन-आश्रित स्मृति दिवस तथा दुई पार्टीबीच एकता भएको वर्षदिन पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डले मदन भण्डारीका विचारलाई दोहोर्‍याउनेभन्दा पनि विकसित गरेर अगाडि जानुपर्ने धारणा राखे ।

‘कमरेड मदन भण्डारीले जे जे भन्नुभयो, त्यहिँ कुरा दोहोर्‍याई राख्ने कि आजको राष्ट्रियरअन्तर्राष्ट्रिय परिस्थिति, नेपाली जनताको आवश्यक्ता र चाहनाको ठिक ढंगले मूल्यांकन गरेर मदन भण्डारीको विचारलाई नयाँ परिस्थितिअनुसार अझ विकसित गर्दै लैजानेरु’ प्रचण्डको प्रश्न थियो। अध्यक्ष प्रचण्डले पुरानै मान्यतालाई छोड्न नसक्ने केही पुराना कम्युनिस्ट नेताहरूले नेपाली क्रान्ति र समाजका लागि सिन्को भाँच्नेसमेत योगदान गर्न नसकेको दाबी गरेका थिए ।

प्रचण्डले मदन भण्डारीको नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहसकै प्रेरणाबाट दुई पार्टीबीच एकता गरिएको पनि बताएका थिए । मदन भण्डारीले तत्कालीन अवस्थामा पुराना कुरालाई नदोहोर्‍याई नयाँ परिस्थितिको विश्लेषण गर्दै नयाँ चुनौतीको सामना गरेर अघि बढेको उल्लेख गर्दै प्रचण्डले अब पार्टीले पनि अहिलेको चुनौतीलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने आवश्यकता रहेको बताए ।

वर्तमान नेतृत्वले नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहस नगरेको भए दुई पार्टीबीच एकता हुने सम्भावना नरहेको पनि प्रचण्डले दोहोर्‍याए । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरी पार्टीलाई अझ गतिशील र जीवन्त बनाउने गरी नयाँ राष्ट्रिय अभियान संचालन गर्ने घोषणा गरेका छन। उनले देशको आवश्यक्ता र नेपाली कम्युनिस्ट आन्दोलनको आवश्यक्ता तथा जनताको चाहनाअनुसार जनतासँग गहिरो सम्बन्ध राखेर अघि बढने योजना अघि सारे।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्