Logo
१२ श्रावण २०८१, शनिबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले गरे अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पोकाे उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्ध्घाटन गरेका छन् ।

खानी तथा भू-गर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताए ।

‘यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्दछ ।’ प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरेका छन् ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्