Logo
१२ श्रावण २०८१, शनिबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन मदन भण्डारीकाे महत्वपूर्ण योगदान छ’

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना दिवस तथा मदन-आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनमा उनीहरुको वैचारिक योगदान अतुलनीय रहेको उल्लेख गरे ।

गृहमन्त्री थापाले कम्युनिष्ट आन्दोलनका शत्रुहरुले उनीहरुको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरुको षड्यन्त्र ठीक उल्टो भएको र उनीहरुको बलिदानले कम्युनिष्ट आन्दोलनमा असाधारण उपलब्धि हासिल भएको बताए ।

मदन भण्डारीकै योगदानका कारण अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई कम्युनिष्टहरुको नेतृत्वमा स्थिर सरकार निर्माण भएको बताउँदै उनले नागरिकका आवश्यकता पूरा गर्न वर्तमान सरकार लागिपरेको धारणा व्यक्त गरे ।

आज मदन आश्रितको सम्झनामा देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्