Logo
१२ श्रावण २०८१, शनिबार
(May 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको निधन

सिड्नी, अष्ट्रेलिया : अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ । देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्हेका थिए । उनले आफ्नो कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गरेको बताउने गरिन्छ ।

“आज हामीले बव हकलाई गुमाएका छौँ, उहाँ एक जना महान् अष्ट्रेलियाली नागरिक हुनुहुन्थ्यो, धेरैले उहाँको समय अत्यन्त महत्वपूर्ण भएको बताएका छन्,” उनकी श्रीमती ब्लान्च डि अल्पुगेटद्वारा बिहीबार राति जारी वक्तव्यमा भनिएको छ ।

“बव हक र पउल किटिङको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकिरण गरेका थिए, उहाँको कार्यकालमा आर्थिक स्वतन्क्रता र रोजगारी बढेको थियो,” वत्तव्यमा उल्लेख गरिएको छ ।

संघीय निर्वाचनको २ दिन अगाडि उनको निधन भएको हो । लेबर पार्टीका नेता बिल सर्टनले हकलाई पार्टीको सवैभन्दा ठूलो छोराको रुपमा व्याख्या गरेका थिए ।

प्रकाशित मिति: May 17, 2019

प्रतिक्रिया दिनुहोस्