Logo
१२ श्रावण २०८१, शनिबार
(May 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेइजिङ एक्स्पो : नेपाली मण्डप अवलोकनकर्ताको भिड

काठमाडौं : चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको एक्स्पो २०१९ मा प्रदर्शित नेपाली मण्डप अवलोकनकर्ताको भिड देखिएको छ ।

चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख १५ गतेदेखि नेपाली मण्डप हालसम्म एक लाख दर्शकहरुले अवलोकन गरिसकेको आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी गराएका छन्।

‘हरित जीवन स् उत्तम जीवन’ मूल विषयवस्तुमा केन्द्रित रहेर आयोजित सो विश्व प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरिएको आयोजक संस्थाका अध्यक्ष तथा डेपुटी कमिश्नर जनरल (टेक्निकल) अमृत शाक्यले बताए।

१५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल भूर्ति बीचमा राखेर नेपालको अथाह कृषि, वन वनस्पति सम्पत्तिको शोधखोज एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजनाहरु भित्राउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न प्रयास भएको राष्ट्रिय संयोजक शाह बताउँछन् । एक सय दश राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्थाहरु सहभागी सो विश्व प्रदर्शनी पाँच सय हेक्टर क्षेत्रफलमाझ फैलिएको छ ।

आउँदो कात्तिकसम्म चल्ने सो एक्स्पो १६ करोडले प्रत्यक्ष तथा विश्वव्यापी रुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रत्यक्ष रुपमा अवलोकन गर्ने बताइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयोजनमा आधिकारिक आयोजक नियुक्त भएको इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपबाट सो विश्व प्रदर्शनीमा नेपालको सहभागिता एवं व्यवस्थापन भएको हो ।

प्रकाशित मिति: May 16, 2019

प्रतिक्रिया दिनुहोस्