दुईवटा होलसेल पसलमा आगलागी
बुटवल : बुटवलका दुईवटा होलसेल पसलमा आगलागी भएको छ । बुटवलको सङ्गम पथमा रहेको सगरमाथा ब्याग हाउस र सँगैको गुल्मी रेसुङ्गा ट्रेड हाउसमा आगलागी भएको हो ।
आगलागीबाट डेढ करोड बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्लले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाका दुई र तिलोत्तमा नगरपालिकाको एक गरि तीनवटा दलमकलले पसलमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।
पसल बन्द रहेको अवस्थामा आगलागी भएको सगरमाथा ब्याग हाउसका सञ्चालक उमेश गुप्ताले बताए ।
आगलागी हुँदा एक करोड बढीको सामान नष्ट भएको गुप्ताले दावी गरे । यस्तै गुल्मी रेसुङ्गा टे«ड हाउसका सञ्चालक राजु श्रेष्ठले आगलागीबाट ४० लाखको समान जलेर नष्ट भएको बताएका छन् ।