Logo
१२ श्रावण २०८१, शनिबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनेस्को सम्मेलनमा भाग लिन शिक्षामन्त्री चीन प्रस्थान

काठमाडौं : संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल चीन प्रस्थान गरेका छन ।

मन्त्री पोखरेल बुधबार बिहान चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन । कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ । यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संगठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ। दिगो विकास लक्ष्यमा समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको प्रवर्धनमा प्राथमिकता दिइएको छ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्