Logo
१२ श्रावण २०८१, शनिबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध तरिकाले तेस्रो मुलुक जानेलाई “नो अब्जेक्सन लेटर” देखाउन अनिवार्य

 

अब नेपालीहरु बैदेशिक रोजगारीका लागि भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै सचेत तुल्याएको छ । एनओसी बनाउँदा दूतावासमा तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित निवेदन दिनुपर्ने छ।

साथै यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाइ टिकटको प्रतिलिपि पनि दूतासावसमा बुझाउनुपर्ने छ। यसैगरी रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दिनुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै यसअघि भारतबाहेकका तेस्रो मुलुकहरुको भ्रमण गरेको भए यात्रा अभिलेखको प्रतिलिपि बुझाउनुपर्ने छ। हाल भारतमा अध्ययन तथा व्यवसायी गरिरहेका नेपालीको हकमा भने अध्ययन वा व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजपत्र देखाउनुपर्ने छ। पछिल्लो समय भारत हुँदै मानव तस्करी बढेपछि भारतले नेपालीहरु माथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ।

हुनत यसअघि पनि यो व्यवस्था हुँदा हुँदै पनि कडाइ हुने गरेको थिएन। त्यसैले भारतको बाटो हुँदै पनि तेस्रो मुलुकमा मानव तस्करीको संख्या ह्वात्तै बढेको थियो ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्