Logo
१२ श्रावण २०८१, शनिबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्रीलाई सांसद थापाको चुनौती : ‘एक पटक नेपाल घुम्नुहोस्’

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आर्थिक वृद्धि भएकै भरमा मख्ख परेर बस्न सक्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधि सभामा जारी प्री-बजेट छलफलमा भाग लिँदै कांग्रेस नेतासमेत रहेका थापाले पाँच वर्षसम्म हलचल नगर्ने गरी बनेको नेकपाको सरकारले बितेका एक वर्षमा जनताले थाहा पाउने गरी सुधारको कुनै काम गर्न नसकेको आरोप लगाए ।

‘पाँच वर्षसम्म हलचल नगर्ने सरकार बनेको छ । यस्तो अनुकुल मौका भएका बेला अर्थमन्त्री डा। युवराज खतिवडाले गएको एक वर्षमा गजब भयो। संघीयता कार्यान्वयन र आर्थिक पूर्वाधार निर्माण गजब भयो भनेको सुनियो’, थापाले भने, ‘हरेक दिन एक पाइला चालेकाले गजब भयो भनिरहँदा, अर्थमन्त्रीजी एक पटक नेपाल घुमेर सोध्नुहोस, बितेको एक वर्ष सुखद रह्यो भन्ने कोही भेटिएमा मलाई भेटाइदिनुस् ।’

प्रदेशदेखि स्थानीय सरकारसम्म, बुद्धीजीविदेखि सर्वसाधरण कसैले पनि बितेका एक वर्ष सुखद हुन नसेको बताएको थापाले जिकिर गरे। ‘एकातिर लक्षित राजश्व संकलन हुन सकेको छैन । आन्तरिक खर्चले धान्ने अवस्था छैन । ९ महिनामा बजेट ४० प्रतिश खर्च हुन सकेको छैन’, उनले भने, ‘निजी क्षेत्रको लागत मात्रै होइन निराशा पनि बढेको छ । आर्थिक सुधार यो सरकारले गरेको होइन । प्रकृति अनुकुल भएर यो सम्भव भएको हो ।’

अर्थमन्त्रीले आर्थिक सुधार भएको बताइरहँदा थापाले सबै सूचकहरु नकारात्मक भएको जिकिर गरे । ‘एक वर्षका आधारमा के चमत्कार भयो रु भनिदिनुपर्‍यो’, उनले भने, ‘कम्युनिष्टहरु आत्मआलोचना नै गर्दैनन् । समीक्षा ठीक ढंगले नगरेकाले आर्थिक क्षेत्रमा सुधार हुन सकेन।’ दुई अंकको आर्थिक वृद्धिमा भन्दा आयात निर्यातको अर्थतन्त्रलाई जोड दिइनुपर्ने थापाले बताए ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्