Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

नवलपरासी : पश्चिम नवलपरासीमा ३ वटा मोटरसाईकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा पूर्वी नवलपरासीको कावासोती ३ बस्ने वर्ष २८ का डम्बर बहादु गुरुङ्गको मृत्यु भएको हो ।

ना २९ प ५६४७ नम्बरको पल्सर मोटरसाईकल, ना ३२ प ९०१३ नम्बरको सुजुकी मोटराईकल र लु ३५ प ३४०१ नम्बर प्लेटको स्कुटर एकआपसमा ठोक्किएपछि गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै ना ३२ प ९०१३ सुजुकी मोटरसाईकल चालक बर्दघाट नगरपालिका १० बस्ने कासी यादव रहेको छन् ।

प्रहरीले यादवलाई दुर्घटनाको विषयमा सोधपुछ गर्नको लागि नियन्त्रणमा लिएको छ भने स्कुटी चालक बाटो मै छोडेर गएपछि स्कुटीलाई पनि नियन्त्रणमा लिएको जिप्रका नवलपरासीले जनाएको छ ।

                                                                                                                                                    #सांकेतिक तस्विर

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्