Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा एटीएमभित्र एक युवकको अश्लील हर्कत, युवतीले बनाइन् भिडियो

मुम्बई :  भारतको मुम्बईमा युवतीमाथि एक व्यक्तिले एटीएम रुमभित्र यौन उत्पीडन गरेका छन् । युवती मध्यराति ढाई बजे एक म्यूजिक शोबाट आफ्नो घर फर्किरहेकी थिइन् ।

घर नजिकै पुग्ने क्रममा उनी अटोरिक्साको पैसा दिनका लागि एटीएम गएकी थिइन् । ती युवतीले यो घटनाबारे आफ्नो ट्विटर र ईन्स्टाग्राममा लेखेकी छन् । उनले भनेकी छन् यो घटना मेरो बर्थडेका दिन घटेको थियो । मध्यरातमा युवतीको एटीएमले काम गरेन । त्यहीबेला एटीएममा एक व्यक्ति आए र उनले मद्दत गर्ने बताए । ती युवतीले उनको मद्दत इन्कार गरिन् ।

अटो चालकले आफ्नो भाडा नपाएपछि सामान्य विवाद भयो । प्रहरी आयो । युवतीले आफ्नो कुरा प्रहरीलाई भनिन् । यसपछि युवती फेरि रकम निस्कने आशामा एटीएम भित्र गइन् ।

दोस्रो पटक पैसा निकाल्ने प्रयास गरिरहेका बेला ती व्यक्ति युवतीलाई पछ्याउदै फेरि एटीएम भित्र छिरे र युवतीमाथि यौन उत्पीडन गर्न थाले । युवती चिल्लाइन् र मोबाइल फोन झिकेर भिडियो बनाउन थालिन् । भिडियो बनाउन थालेको थाहा पाएपछि युवकले सुईकुच्चा ठोके ।

युवतीले नजिकैको प्रहरीलाई खबर गरिन् । प्रहरीले पिछा गरेर युवकलाई पक्राउ गर्यो । पक्राउ परेका युवक सन्दीप दीप कुम्भरकर हुन् । उनले रक्सीको नशामा आफूले यो कुकृत्य गरेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्