Logo
१२ श्रावण २०८१, शनिबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदर्शनकारीको सिक्री चोरेको आरोपमा मुछिए प्रहरी जवान

काठमाडौं : प्रहरी जवान अमिर श्रेष्ठलाई सिक्री चोरेको आरोप लागेको छ ।

बौद्ध-जोरपाटी सडकखण्डको मर्मत सम्भार गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको सिक्री प्रहरीले चोरेको आरोप लागेको हो ।

घटनामा मुछिएका प्रहरी जवान श्रेष्ठलाई महानगरीय प्रहरी परिसर, टेकुले कारबाही समेत गरेको छ । उनलाई निलम्बन गरेर छानविन थालिएको हो ।

श्रेष्ठलाई परिसर तानेर अनुसन्धान भइरहेको डीएसपी होविन्द्र बोगटीले बताए । ‘हामीले परिसरमा ल्याएर बुझ्ने काम गरिरहेका छौं । निलम्बन प्रक्रिया पनि थालिएको छ’, उनले भने ।

स्रोतका अनुसार श्रेष्ठले बयानका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदा आफूसँगै सिक्री आएको बताएका छन् ।

‘झरेको अवस्थामा फेला परेको थियो । फर्किएर जाँदा सम्बन्धित धनी भेटिएनन्’, उनको बयानलाई उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसपछि सिक्री मसँगै थियो ।’ श्रेष्ठले आफूले तत्काल कार्यालय प्रमुखलाई नबताउनु गल्ती भएको बताएका छन् ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्