Logo
२८ बैशाख २०८१, शुक्रबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माणाधीन भैरहवा विमानस्थल : काम रोकिएपछि मात्र अर्थ मन्त्रालयले गरे ७० करोड निकासा

काठमाडौं : कम्पनीलाई नगद प्रवाहमा समस्या भएपछि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकेको थियो ।

काम रोकेपछि सरकारले उक्त निर्माणाधीन विमानस्थलको बल्ल ठेकेदारको भुक्तानीका लागि रकम निकासा गर्ने बाटो खोलेको छ । अर्थ मन्त्रालयले ७० करोड निकासा लागि रकमान्तरका लागि स्वीकृति गरेको हो ।

अब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रोकिएको आयोजनाको रकम निकासाको फाइल एशियाली विकास बैंक(एडीबी)मा पठाउने बाटो खुलेको छ । आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको छ ।

ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको थियो ।
लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयमा तोकता गरेको थियो । भुक्तानीका लागि मन्त्रालयले फाइल बेलैमा एसियाली विकास बैंकमा फाइल नपठाउँदा ठेकदारले समयमा भुक्तानी नपाएको हो ।

यही अवस्थामा नदीजन्य गिट्टी बालुवाको आपूर्तिमा पनि आयोजनाले समस्या भोगेको छ । दाङ, चितवन र बुटवलबाट आयोजनाका लागि गिट्टी बालुवा ल्याउने गरिएकोमा हाल विभिन्न क्षेत्रमा अवरोध भएको छ । ठेकेदार र स्थानीय तहबीच कुरा नमिलेर क्रसरजन्य समाग्रीको आपूर्ति रोकिँदा आयोजना अन्योलमा छ ।

ठेकदारलाई भुक्तानी दिन उठाइएको फाइल मन्त्रालयमै थन्क्याएर पर्यटन सचिव मोहनकृष्ण सापकोटा हाल प्रधानमन्त्रीसँगै भियतनाम भ्रमणमा गएका थिए । हालसम्म आयोजनाको धावनामार्गको अन्तिम चरणको कालोपत्रे हुँदैछ । अब ५ सय मिटर मात्रै बाँकी रहँदा निर्माण नै रोकिएको छ । तर, धावमानर्ग र जमिन व्यवस्थापनबाहेक अन्य काम भने जसोतसो ठेकेदारले सुचारु राखेको छ ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्