Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ घण्टाको अवधिमा भए ५ दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं : करिब ६ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ४:१० बजेदेखि राति १०:४५ बजेसम्मको दाङ, बाँके, कपिलवस्तु, नवलपरासी र सिराहामा भएका दुर्घटनामा परी ६ जनाको ज्यान गएको हो । दाङको दंगिशरण गाउँपालिका-६ श्रीगाँउस्थित सडकमा ग १ ज ५६६४ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने देवीलाल पुनको ७ वर्षीय छोरा किरण पुनको प्राथमिक स्वास्थ्य केन्द्र बागरमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

बाँकेको राप्ती सोनारी गाउँपालिका-१ स्थित सडकमा रा १ क ८५० नम्बरको ट्रकले भे६ प ९८२३ नम्बरको मोटरसाइकल र साईकलयात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय गोबिन्द कुमालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय बिनोद वली, मोटरसाइकलमा सवार २८ वर्षीय हिम बहादुर कुमाल र २५ वर्षीय गणेश कुमालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-९ स्थित सडकमा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मायादेवी-७ वतनपुर बस्ने ४० वर्षीय सर्वजित यादव र मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका-६ रमुवापुर बस्ने ३५ वर्षीय सेतु यादवको जिल्ला अस्पतालमा तौलिहवामा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ ।

यसैगरी नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका-१० अरुणखोला-दुम्किबास जङ्गलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी सिराहा धनगढीमाई नगरपालिका-११ सोनापुरस्थित सडकमा ना-३ ख ६९७८ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका९४ बस्ने ८० वर्षीय देवीलाल यादवलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भऐको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्