Logo
२४ बैशाख २०८१, सोमबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानचेष्टर सिटी बने यस वर्षको इङ्ग्लीस प्रिमियर लिगको च्याम्पियन

इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार साँझ भएको लिगको अन्तिम खेलमा ब्राइटनलाई उसैको मैदानमा ४-१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीले लगातार दोस्रो पटक उपाधि जितेको हो । सिटीको उपाधि रक्षामा सर्जियो एग्युरोले २८औं मिनेटमा गोल गरे । एमेरिक लापोर्टले ३८औं मिनेटमा हेड गोल गरेका थिए ।

६३औं मिनेटमा रियाद माहरेजले तेस्रो गोल गरे । ७२औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गर्दै सिटीको उपाधि पक्का गरेका थिए । खेलमा सुरुवाती अग्रता ब्राइटनले लिएको थियो ।

ब्राइटनका लागि २७औं मिनेटमा ग्लेन मरेले गोल गरेका थिए । उनले पास्कल ग्रसको पासमा गोल गरेका थिए । यसैगरी आइतबारनै भएको अर्को खेलमा उपाधिको दौडमा रहेको लिभरपुलले वल्भ्सलाई २-० गोलले हरायो । घरेलु मैदानमा लिभरपुललाई जिताउन दुवै गोल साडियो मानेले गरे । मानेले १७औं र ८१ औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम खेलसम्म उपाधिका लागि रोचक बनेको सिटी र लिभरपुलको नतिजासँगै अन्तिम खेलमा दुवैले जित निकालेपछि सिटी पहिलो र लिभरपुल दोस्रो भयो । सिटीले ३८ खेलबाट ९८ अंक बनायो । लिभरपुलले ९७ अंक बनाउन सफल भयो ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्