Logo
६ जेष्ठ २०८१, आईतबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव जिते नेपाली समूदायलाई ८ करोड दिने

सिड्नी : अस्ट्रेलियामा यही महिनाको १८ तारिखमा आमनिर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ लिबरल पार्टी र विपक्षी लेबरपार्टीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ । यस्तैमा स्थानीय उम्मेदवारहरु नेपाली समूदायको भोट तानातानमा लागिपरेका छन् ।

नेपाली समूदायको एक कार्यक्रममा अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले लिबरल पार्टी फेरि विजयी भए नेपाली समुदायको भवन निर्माणमा एक मिलियन डलर अर्थात करिब ८ करोड नेपाली रुपैयाँ सहयोगर्को घोषणा गरेका छन् । एनआरएनको ओसिनिया क्षेत्रको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले आफूसँग सामुदायिक भवन निर्माणका लागि सहयोगको आग्रह गरिएको बताउँदै सातापछि हुने निर्वाचनमा निर्वाचित भए उक्त सहयोग दिने घोषणा गरेका हुन् ।

अस्ट्रेलियामा ६० हजार बढी नेपाली मूलका व्यक्ति रहेको बताइन्छ । नेपाली मूलकाहरूलाई आफ्ना कार्यक्रम आयोजना गर्नका लागि भवन आवश्यक परेको र त्यसका लागि रकम माग गरिएकाले सहयोग प्रदान गर्ने उनले बताएका हुन् । उनले नेपाल र अस्ट्रेलियाबीच सकारात्मक सम्बन्ध रहेको पनि बताए । गत वर्ष मात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिसा दिएको पनि उनले स्मरण गरे ।

ओसिनिया सम्मेलन विभिन्न ९ बुँदे निर्णय गर्दै आइतबार सकिएको छ ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्