Logo
१२ श्रावण २०८१, शनिबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘को बन्छ करोडपति’ले पायो प्रथम विजेता

काठमाडौं :  मोरङका राजीव जैनले को बन्छ करोडपतिमा १ करोड जितेका छन् । को बन्छ करोडपतिमा १ करोड जित्ने उनी पहिलो नेपाली हुन् ।

मोरङका जैन व्यवसायी हुन् । भारतको विश्वविद्यालयबाट एमबिए गरेका जैन यो कार्यक्रमको भारतीय संस्करणमा पनि सहभागी हुन पुुुगेको उनले बताएका थिए । तर त्यसमा उनी टप टेनमा पुग्न सकेका थिएनन् ।

आइतबार एपिवान टिभीबाट प्रसारित कार्यक्रममा राजीवले नेपालमा प्रजातन्त्रत स्थापना भएपछिको पहिलो निर्वाचन कहिले घोषणा भएको थियो भन्ने अन्तिम प्रश्नको सामना गरेका थिए । २०१४ साल माघ १४ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् । उनलाई कार्यक्रम प्रस्तोता राजेश हमालले एक करोडको चेक हस्ताक्षर गरेर दिए ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्